बच्चा बोकेरै दिनभरि ई-रिक्सा चलाउंदै :’बिचरा’ होइन काम गर्ने महिला हुँ यस्तो सहासी कामको लागी १/१ शेयर गर्नुहोस



बच्चा बोकेरै दिनभरि ई-रिक्सा चलाउंदै :’बिचरा’ होइन काम गर्ने महिला हुँ यस्तो सहासी कामको लागी १/१ शेयर गर्नुहोसनगढी, ५ माघ – माघको चिसोमा पनि बिहान साढे पाँच बजे उठ्छिन् जानकी । नित्यकर्म गरेर तीन वर्ष पुग्नै लागेको छोरालाई खाजा बनाउँछिन् । छोरालाई खाजा खुवाएर ई रिक्साको अगाडिको सिटमा सुताउँछिन् । त्यसपछि हुन्छ उनको धनगढी बजारको यात्रा ।
धनगढीकी जानकी महरा रातो रङको ई रिक्साको अगाडिको सिटमा फलामको डन्डीले बच्चा नलड्ने गरी बनाएको एंगलमा छोरा सुताउँछिन् । त्यसमाथि तातोपानी र दूधको थर्मस छ । दिनभरको यात्रा बोराडाँडीदेखि भन्सार, भन्सारदेखि क्याम्पसरोड अनि हसनपुर हुँदै तारानगर उत्तरबेहडी ओहोरदोहोर गरिरहन्छिन् उनी ।
धनगढी उपमहानगरपालिका ४ बोराडाँडीमा भाडामा बस्ने जानकी डँडेल्धुराको जोगबुडा गाविसको कटालबाट तराई झरेको सात वर्ष भयो । पहाडी भूभागमा जन्मिएर तराई आउनेबित्तिकै उनले ड्राइभिङ सिक्ने चाहना गरिन् ।
जोगबुडाकै महेश महरा बसका चालक हुन् । उनीसँग विवाह भएपछि जानकी तराई झरिन् । श्रीमान्कै प्रेरणाले धनगढीमा रहेको दिवस ड्राइभिङ सेन्टरमा ‘फोरह्विल’ गाडी चलाउन सिकेकी उनले चालक अनुमतिपत्र लिएको पनि चार वर्ष भइसकेको छ । लाइसेन्स लिएपछि जानकीको जोश निरन्तर बढ्दै गयो ।
धनगढीको सिड्लिङ जोन स्कुल र बालबाटिका मन्टेस्सरी स्कुलको भ्यान चलाइसकेकी छन् उनले । अहिले उनी मयूर बोर्डिङ स्कुलको भ्यान चलाउँछिन् । ‘सात÷आठ हजार रुपैयाँमात्र तलब आउने र त्यसबाट घर धान्नै समस्या हुन थालेपछि ई रिक्सा चलाउन थालेकी हुँ’, उनीले भनिन् ।
बिहान ६ देखि साढे ८ बजेसम्म ई रिक्सा चलाउँछिन् उनी । साढे ८ बजेदेखि १० बजेसम्म स्कुलको भ्यान र त्यसपछि १० देखि साढे दुई बजेसम्म पुनः ई रिक्सा चलाउने उनी घर पुग्दा रातको आठनौ बजिसक्छ । जानकीका श्रीमान् महेश पनि सुदूरपश्चिम यातायातको बसका चालक हुन् । केही महिनाअघि महेशको खुट्टामा बसको सिसा खसेर गहिरो चोट लागेको छ । उनको धनगढीमा उपचार हुन नसकेर आफन्तले काठमाडौं लगेका छन् ।
श्रीमान्को उपचारका लागि खर्च पठाउनुपर्छ, घुँडामुनिको नसा काटिएको छ, धनगढीको अस्पतालमा गरेको अपरेसनले राम्रो नभएपछि काठमाडौं पठाउनुपरेको हो’, जानकीले भनिन् । सासूससुरा जोगबुढामै बस्छन् । ‘गरे असम्भव केही छैन । यस्तो गर्नुको विकल्प पनि देख्दिनँ’, उनले भनिन् । जानकीको दिउँसोको खाना बजारमै हुन्छ । छोरालाई पनि बजारमै खाना खुवाउँछिन् । ‘कहिलेकहीं छोराले अब म रिक्सामा जान्नँ भन्छ । बल्लबल्ल भुलाउनुपर्छ’, उनले भनिन् ।
जानकीको छोरा रोमनलाई मयूर बोर्डिङ स्कुलले निःशुल्क पढाइदिन्छ । तर स्कुलबाट साढे दुई बजे छुट्टी भएपछि राति आठ बजेसम्म आमाको रिक्सामै बस्नुपर्छ । ‘रोमन र मेरो लुगा धुने काम राति आठ बजेपछि हुन्छ । राति आठ÷नौ बजे डेरामा पुगिन्छ । रातिको खाना म घरमै बनाउँछु । छोरालाई खाना खुवाएर सुताउँछु । त्यसपछि सरसफाइको काम हुन्छ । बिहान साढे ५ बजे हिँडिहाल्नुपर्छ’, उनले भनिन् ।
कञ्चन बैंकबाट लिइएको ५० हजार रुपैयाँ ऋणमा किनेको रिक्साको मासिक १० हजार रुपैयाँ किस्ता बुझाउनुपर्छ । महिला भएकै कारण रिक्सा चलाउँदा आफूले खासै अप्ठ्यारो महसुस गर्नु नपरेको उनको भनाइ छ ।
’यात्रुले छेउमा बाबु सुताएको देख्छन्, मसँग उल्टासीधा कुरा गर्न सक्दैनन्’, उनले भनिन्, ‘बाबु मेरो सुरक्षाकवच भएको छ ।’ कोहीकोही महिलाले कहिलेकहीं बिचरा तपार्इंका श्रीमान् कहाँ छन् भनेर सोध्दा आफूलाई ‘बिचरा’ होइन काम गर्ने महिलाका रूपमा चित्रित गर्ने उनले बताइन् । आजको अन्नपूर्ण पोस्टमा छ।

Comments