चितवन र तनहुँको संगम धार्मिकस्थल देवघाटमा सुरु भएको साउने संक्रान्ति मेलामा भक्तजनहरुको घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबार भएकाले पुजाआजाका लागि देवघाटमा भक्तजनहरुको घुईचो लागेको हो । देवघाटमा परम्परादेखि साउने संक्रान्ति मेलाको चल्दै आईरहेको छ । मेलालाई देवघाट क्षेत्र विकास समितिले व्यवस्थित गर्ने गरेको छ ।
साउने मेलाको नामले चर्चित मेला साउन महिनाभर चल्ने गर्छ । साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणीको संगमस्थल वेनीघाटमा स्नान गरी त्यहाँको जल लगेर भगवान महादेवलाई चढाए चारधामको पूण्य प्राप्त हुने तथा समृिद प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिना भरि देवघाट वेनीघाटमा स्नान गरेर जल लैजाने भक्तजनहरूको देवघाटमा घुइँचो लाग्ने गर्छ । मेला भर्न चितवन, नवलपरासीसहित विभिन्न जिल्लाहरूबाट समेत भक्तजन आउने गरेका छन् । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको पुरा हुने जनविश्वास रहिआएको छ ।
श्रावण महिनामा व्रत बसेर हरियो रङका वस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पहेंलो वस्त्र अहिले फेसनजस्तै भएको छ । बालबालिकादेखि पाका उमेरका सम्म पहेंला पहिरनमा सजिएर पूजा गर्न भेला हुन्छन् ।
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । नवलपरासीको त्रिवेणी क्षेत्रमा पर्ने गण्डक नहरमा पानीको बहाव बढेसँगै नदी किनारका बासिन्दाहरु त्रासमा छन् ।
Comments
Post a Comment