अविश्वास प्रस्ताव सामना गर्ने रणनिती बनाउन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन ५- सत्तासिन नेकपा एमालेको संसदीय दलको बैठक आज अपरान्ह  ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।

बैठकमा भोली बिहीबारको संसद बैठक र पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

एमालेले प्रधानमन्त्री बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरिसकेको छ । यस्तै अविश्वास प्रस्तावअघि संसदमा बजेटसँग सम्बन्धित विधेयकमा छलफल हुनुपर्ने एमालेको माग छ ।

यसअघि, हिजो बसेको एमाले स्थायी समिति बैठकले देशलाई अनावश्यक द्धन्द र तनावको स्थितिमा नलग्न प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेको थियो ।

Comments