प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधन गरेपछि पदबाट राजीनामा दिने भएका छन् ।

राजीनामा दिने

प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधन गरेपछि पदबाट राजीनामा दिने भएका छन् । सत्तारुढ दलहरुले एक पछि अर्को गरी समर्थन फिर्ता लिई अविश्वासको पक्षमा मत हाल्ने निर्णय गरेपछि ओली राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । उनले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना नगर्ने एमाले स्रोतहरुले बतायो।
सदनमा प्रधानमन्त्री केपी ओली माथिको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएकी छिन् । राष्ट्रपतिको पहिलो परिक्षणका लागि यो पहिलो अग्नि परिक्षा हो । उनले सहज निकास दिन्छिन वा बाहिर हल्ला भए जस्तै सर्वोच्चको राय माग्ने मुडमा भन्ने जस्ता अनुमानलाई बिहान दुई नेतासँगको भेटमा उनले दिएको अभिव्यक्तिले खण्डन गरेको छ ।
 
राष्ट्रपतिबाट हैरानी परेका माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी अर्को त्रास कायमै छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले रुक्माङ्गत कटवालको कार्वाही फिर्ता गरिदिएपछि प्रचण्ड सरकार छोड्न बाध्य भएको त्रास कायमै छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री, व्यवस्थापिका संसदबाट सबै भन्दा बढि मत पाएका र ठूलो दलका नेता प्रचण्डले त्यो घट्ना पक्कै विर्सेका 

Comments