करिब ३ सय मिटर तल खस्दा २५ जना बढीको ज्यान लिने बस टुक्राटुक्रा भएको दृश्य

बनेपा, साउन ३१ - काठमाडौंबाट काभ्रे जाँदै गरेको दुर्घटनाग्रस्त बसमा करिब ८५ जना यात्रु सबार भएको बुझिएको छ ।

उक्त बस दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएको जानकारी प्रहरीले गराएको छ ।

प्ररहरी प्रधान कार्यालयका प्रवक्ता विजयलाल कायस्थले दुर्घटनामा 
३१ जनाको मृत्यु भएको पुष्टि गरे। २५ जनाको मृत्यु भएको रिपोर्ट आएको छ।

करिब ८५ जना चढेको सो बस दुर्घटनामा ४० जना घाइते भएको प्रारम्भिक रिपोर्ट छ, उनले भने।
  

Comments