नेदरल्याण्ड आइपुग्यो नेपाली क्रिकेट टोली ।

श्रावण २३, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको खेल खेल्न लागि नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्याण्ड आइपुगेको छ । शनिबार साँझ नेदरल्याण्डसको आमस्टर्ड्याम विमानस्थल उत्रिएको टोलीलाई नेपालीहरुले राष्ट्रिय झन्डा सहित फूल गुच्छाले स्वागत गरेका थिए ।
खेलाडीहरुलाई स्वागतका साथै हौसला प्रदान विमानस्थल पुगेका सहभागी शशी पौडेलले प्रतियोगिता अवधिमा नेपालीहरुको सहभागितालाई ठूलो बनाउन प्रचारप्रसार गरिरहेको बताए । नेपाली टोलीले  यहि अगस्त १३ र १५ तारिखकको स्थानीय समय अनुसार बिहान ११ बजे आमस्टर्ड्यामको  एम्स्टेलभिन स्थित भीआरए क्रिकेट मैदानमा नेदरल्याण्ड खेल्दै छ । केहि दिन पहिला आइपुगेको टोलीले आइतबारदेखि  डेभेन्टरमा व्यायाम एंव खेल अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमला रहेका छन् ।
८ टिम सहभागी च्याम्पियनसिपको यो चौथो चरणको खेलका लागि नेदरल्याण्ड , नेपाल, स्कटल्याण्ड, युनाइटेड अरव इमिरेट्स, पपुआ न्यू गिनी, नामिबिया, केन्या र हंगकंग रहेका छन । ८ टिमहरु मध्ये ६ खेलबाट ४ मा जित निकालेको  नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल भने ६ मध्ये २ मा जित निकाल्दै ४ अंक सहित तालिकाको छैटौ स्थानमा छ । अर्को वर्ष सकिने  यो प्रतियोगिताको शीर्ष ४ मा पर्ने टिमले बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ ।


Comments