वैदेशिक रोजगारीमा गएका युवाहरुको जीवन कष्टकर छ, स्वदेशमै रोजगारी श्रृजना गर्छुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ३१ साउन - प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताए ।
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उनले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने- लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ । -

Comments
Post a Comment