डिसीनेपाल डटकम – ब्राजिलको राजधानी रियो दि जेनेरियामा जारी रियो ओलम्पिक २०१६ को प्रतिस्पर्धाकै क्रममा फ्रेन्च जिम्न्यास्टीक खेलाडीको खुट्टा भाँचिएको छ ।
जिम्न्याट खेलाडी समिर आइत सईदको रियो ओलम्पिकको पुरुषतर्फको प्रतिस्पर्धाको क्रममा खुट्टा भाँचिएको हो । सइदको देब्रे खुट्टा भाँचिएको छ । उनी सन् २०१३ का स्वर्ण विजेता हुन् ।
२६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनको खुट्टा भाँचिएको हो । प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा ठोक्किएको थियो । उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लाने क्रममा समेत दर्शकले ताली बजाएर हौसला दिएका थिए
Comments
Post a Comment