रोल्पा, १४ भदौ - भारतको सिमलामा एक हप्ता अघि ज्यान गुमाएका ६ जना नेपालीको परिचय खुलेको छ।
बाढीका कारण ज्यान गुमाउनेमा रोल्पाको तालाबाङ–४ रिजाबाङका लक्षिराम पुनमगर, उहाँकी श्रीमती देउकली, ११ वर्षका छोरा परशु, ६ वर्षका छोरा सुरज, ७ वर्षकी छोरी सुनिता र ४ वर्षका छोरा कर्णबहादुर रहेको प्रहरीले जनाएको छ।
लक्षिरामको परिवार १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै रहेको रामपुर गाउँमा आलु खेती गर्दै आएका छिमेकी वीरबहादुर घर्तीले जानकारी दिए। भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फोन आएपछि थाहा भएको घर्तीले बताए। गरिबीका कारण रोल्पाका धेरै भारतको हिमाञ्चलमा आलु तथा स्याउ बोक्न जाने गर्दछन्।
Comments
Post a Comment