काठमाडौँ १४ असोज – भारत पाकिस्तानबीचको बिबादका कारण अन्योलमा परेको १९ औँ सार्क शिखर सम्मेलनबारे सरकारले कुनै निर्णय नलिए पनि पराष्ट्रबिदहरु भने भारतको पक्षमा देखिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले भारतविना सार्कको औचित्य नै नहुने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक साक्षात्कारमा आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे प्रतिक्रिया जनाउँदै उहाँले सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको बताउनुभएको हो ।
प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मिति मै होस भन्ने चाहेको समेत स्पष्ट पार्नुभयो । अर्थविद विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताताउनुभयो । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।
पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताबताउनुभयो । भारतले सार्कलाई महत्व नदिएको उहाँको भनाई थियो । श्रीलङ्का पनि सहभागि नहुने पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलनमा श्रीलङ्का वपन सहभागि नहुने भएको छ । सु्रक्षाको कारण देखाउँदै श्रीलङ्काले पनि इस्लामाबादमा आगामी नोभेम्बरमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा सहभागि नहुने भएको छ ।
यसअघि भारत बङ्गलादेश, भूटान अफगानिस्तानले सहभागि नहुने घोषणा गरिसकेको छन् । अध्यक्ष राष्ट्र नोपलले भने अहिले सम्म सहभागि हुने नहुने बारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
Comments
Post a Comment