काठमाडौं १५ असोज – अाज देखि बिधिवत रूपमा दशैँ शुरू भएकाे छ । भन्छन् सबैका लागि दशैँ, दशैँ हुँदैन कतिका लागि त दशा हुन्छ । हाे सिन्धुपाल्चाेककाे राम्चेका रामकुमार तिमल्सिनालार्इ यस्तै दशा भएकाे छ । दशैँ सुरु भएकै दिन राम्चे– ७ पुरानागाउँमा आज एका बिहानै पहिरो जाँदा रामकुमारकाे घर पहिराेले पुरिँदा उनीसँगै परिवारका तीन जनाकाे मृत्यु भएकाे छ । शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले बिहान बरिव ३ बजे पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा परी ३५ वर्षीय रामकुमार तिमल्सिनाको र उनका भाइ बुहारी सम्झना र उद्धब तिमल्सिनाको पनि मृत्यु भएको हाे । प्रहरीका अनुसार राम्चे भीरको पहरो फुटेर पहिरो जाँदा स्थानीय तीन घर भत्किएका छन् । ठूलो पहिरो गएकाले अरु घरहरु पनि जोखिमा परेका छन् ।
Comments
Post a Comment