एजेन्सी । बाढीपहिरो र हावाहुरीमा परी चीनको झेजिआङका दुई गाउँमा कम्तीमा ३३ जना बेपत्ता भएका छन् ।
सुकुन गाउँमा आएको बाढीमा २७ जना हराइरहेको र १३ जनालाई जीवितै उद्धार गरिएको स्थानीय अधिकारीले विहीबार जनाएका छन् । सो गाउँका सबै घर नष्ट भएका छन् भने एक हजार ४६० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सरकारले एक हजार दुई सय उद्धारकर्मी, २१ ओटा स्काभेटर चार ओटा पम्प र अन्य विभिन्न आपतकालिन उद्धार सामग्री उद्धारका लागि परिचालन गरिएको जनाएको छ । यसअघि बुधबार राति आएको हावाहुरीका कारण बाओफेङमा छ जना बेपत्ता भएका थिए । त्यस्तै, चीनकै दक्षिणपश्चिम क्षेत्रमा पर्ने युनानमा तीन जना बालबालिका सहित १६ जना मृत अवस्थामा भेटिएका छन् ।
विहीबार विहान उनीहरु आफ्नै घरमा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको निश्कर्ष छ ।
Comments
Post a Comment