भारतले पाकिस्तानी कलाकारलाई देश छोड्न चेतावनी दिएको जवाफमा पाकिस्तानले लियो यस्तो कडा निर्णय : पाकिस्तानी सिनेमाघरमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाइने -



काठमाडौं, १५ असोज । पाकिस्तानका प्रमुख सिनेमाघरले भारतीय चलचित्र नदेखाउने भएका छन् । सिनेमाघरले देशका सैनिकको समर्थनमा भारतीय चलचित्र प्रदर्शन बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।

भारत प्रशासित काश्मिरको उडी सेक्टरमा भएको आक्रमणमा भारतीय सैनिकको ज्यान गएको तथा भारतीय सेनाको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गर्ने दाबी पछि भारत र पाकिस्तानबिच तनाव उत्पन्न भएको छ । भारतीय चलचित्र निर्माताको संगठनले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लागएको एक दिनपछि पाकिस्तानी सिनेमाघरले भारतीय चलचित्र नचलाउने निर्णय गरेका हुन् । भारतमा पाकिस्तानी कलाकारहरुको विरोध भइरहेको छ । महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छोड्न चेतावनी पनि दिएको छ ।

यसैबिच अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको बचाउ गर्दै कलाकार आतंकवादी नरहेको बताएका छन् । यो भनाईपछि सलमान पनि विवादमा तानिएका छन् ।

Comments