शुक्रबार ‘झुम्की’ आउँदै



काठमाडौं, ६ असोज । दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

अपिल विष्टले निर्देशन गरेको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ । तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ । सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानीे छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसकेका छन् । -

Comments