कपिलवस्तु, १३ असोज । कपिलवस्तु गणेशपुर ८ दत्तपुरकि ३५ वर्षीया महिलाले दुई वटा टाउको भएको शिशु जन्माएकी छिन्।
जावेद पाठनकि श्रीमति सुविया पठानले बुधबार बिहान दुई वटा टाउको भएको शिशु जन्माएकी हुन्। शिशुको दुई ओटा टाउकोमध्ये एउटा केही सानो छ। शिशु स्वास्थ रहेको र दुध समेत खाने गरेको अस्पतालले जनाएको छ। यद्यपी आमाको स्वास्थ्य शारीरिक रुपमा कमजोर रहेको स्थानीयले जानकारी दिएका छन्।
अहिले शिशुलाई हेर्नेको भीड लागेको छ। यो शिशुसहित पठान चार सन्तानकी आमा बनेकि छन्।
Comments
Post a Comment