लहान, ६ असोज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा आज बिहान अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारीसाधनको ठक्करबाट नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
Comments
Post a Comment