फेसबुकका संस्थाप मार्क जुकरबर्गले गरे यस्तो ठुलो घोषणा





facebook_mark_zuckerberg_pricsella_chan

एजेन्सी ६ असोज – सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी धर्मपत्नी प्रिस्सिला चानले रोगसंग लड्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि आगामी दश वर्षका लागि ३ अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । आफ्नै बालबालिकाको जीवनकालभित्र सबै रोगको उपचार, निवारण तथा व्यवस्थापन गरिसक्ने उनीहरुको उद्देश्य रहेको छ । लगनशिल र नवीन अनुसन्धानले यही शताब्दीभित्र सबै रोग नियन्त्रण गरिसक्ने मार्क जुकर्बर्ग र बालरोग विशेषज्ञ उनकी पत्नी प्रिस्सिला चानलेको भनाई हरेको छ । आफ्नो परोपकारी संस्था चान जुकबर्ग इनिसियटिभ मार्फत उनीहरुले सहयोगको ठूलो रकम स्यान फ्रान्सिस्कोमा एक अनुसन्धान केन्द्र स्थापना गर्न लगानी गर्ने बताएका छन् ।

उक्त केन्द्रले वैज्ञानिक, इञ्जिनियर तथा अनुसन्धानकर्ताहरुलाई एक दिगो परियोजना अन्तर्गत औषधि विज्ञानमा नयाँ औजार विकास गर्न, मानव शरीरका सबै कोषको नक्सांकन गर्न तथा संक्रामक रोग विरुद्ध भ्याक्सिन विकास गर्न खटाउने लक्ष्य लिगेको छ ।

जुकरबर्ग दम्पतिले आफ्नो छोरी जन्मिएलगत्तै सन् २०१५ को डिसेम्बरमा आफ्ना सम्पतिको ९९ प्रतिशत हिस्सा परोपकारमा लगाउने बताएका थिए ।

Comments