गोरखा, ६ असोज – अविरल बर्षाका कारण उत्तरी गोरखाको केरौजा–९ दोभान नजिकै पहिरो जाँदा एक विदेशी नागरिक सहित ४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टका अनुसार मनास्लु पदयात्राबाट फर्किने क्रममा पहिरो गएको थिया । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुलाई उपचारका लागि फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ ।
Comments
Post a Comment