काठमाडौ, मुलुकमा संविधान निर्माणका लागी दवाव स्वरूप बन्द, हड्ताल र राजनीतिक अस्थिरता भैरहेका बेला अन्तर्राष्ट्रिय जगतमा नेपाली पर्यटन क्षेत्रमा आशा जगाउने कुरा प्रकाशमा आएको छ । नेपाल छिमेकी मुलुक भारतसँगै संसारकै सस्तो गन्तव्यमा परेको छ । यस सूचीमा विश्व पर्यटन जगतलाई नै आश्चर्यचकित बनाउने गरी भारत सबैभन्दा सस्तो मुलुक बनेको छ भने यस सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ ।
‘मुभ हब’नामक अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको उक्त सूची मुलुकको खाद्यान्न, यातायात, रेस्टुराँ र उपयोगीताका अन्य औजारको मूल्यका आधारमा निर्धारण हुने गर्दछ । यसलाइ उपभोक्ता मूल्य सूचांक (सीपीआइ) पनि भनिन्छ ।
यस्तै यस सूचीको शीर्षमा सर्वाधिक महंगो मुलुकको सूचीमा भने स्विट्जरल्यान्ड परेको छ । त्यस्तै दोस्रो महंगो मुलुकमा नर्वे रहेको छ ।
Comments
Post a Comment