काठमाडौं ९ असोज । सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ । इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेको छ ।
सोलुखुम्बु प्रहरीले पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ । माउन्टेन एयरका अनुसार हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो । र, काठमाडौं आउने योजना थियो तर, अवतरणका क्रममा केही समस्या देखिएको थियो । अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।
Comments
Post a Comment