बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजना प्रहरीको खोरमा::Read moere news




बर्दिया, ७ असोज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बानियाभार–७ कुर्कुरेखाता बस्ने २० बर्षीय कुलदिप राजिलाई प्रहरीले पक्राउ गरेको छ । निजले विहिबार राति सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर शुक्रबार प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । -

Comments