हिंसा भड्किएपछि अमेरिकाको चार्लट सहरमा संकटकाल घोषणा :: Read More News>









काठमाडौँ, ६ असोज - अमेरिकाको नर्थ क्यारोलिनस्थित चार्लट सहरमा संकटकाल घोषणा गरिएको छ।

एक जना अस्वेत युवकलाई गोली हानी हत्या गरिएको सम्बन्धमा भड्किएको हिंसा दोस्रो रात पनि जारी रहेपछि उक्त सहरमा संकटकाल घोषणा गरिएको हो।

गत मंगलबार प्रहरीले किथ लमण्ट स्कट नामक युवालाई गोली हानी हत्या गरेको थियो। त्यसपछि भड्किएको हिंसामा एक जना प्रदर्शनकारीको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ। उनलाई सर्वसाधारणले नै गोली हानेको बताइएको छ।

बीबीसीका अनुसार एक साताभित्र प्रहरीद्वारा मारिएका स्कट तेस्रो ब्यक्ती हुन्। यस हत्याको बिरुद्धमा त्यस क्षेत्रमा ठूलो प्रदर्शन भइरहेको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यासको प्रयोग गरिरहेको छ, भने चार जना प्रहरी अधिकृत घाइते भएको जनाएको छ।

यसअघि नर्थ क्यारोलिनका गभर्नर पट म्याकक्रोरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि नेशनल गार्ड र राजमार्ग पेट्रोल दस्तालाई प्रयोगमा ल्याउने बताएका थिए। बीबीसीको सहयोगमा

Comments