रुपन्देही ७ असोज -भारतिय गोर्खा सेनामा भर्ति हुनका लागि नेपाली युवाहरुको बुटवलमा घुईचो नै लागेको छ ।
लुम्बिनी राप्ती र नारायणी अञ्चलका २४ जिल्लाका युवाहरुका लागि चार दिनदेखि बुटवलमा भर्ति खुलेको हो । भर्ति हुनका लागि भन्दै दैनिक १५ सय युवाहरु आउने गरेका छन् ।
भारतको गोरखपुरमा रुहेको गोर्खा भर्ति केन्द्र बाट आएको टोलीलले बुटवलको तालिम केन्द्मा भर्ना छनोटका लागि युवाहरुकोृ शारिरिक तथा अन्य जांच हरु लिईरहेको छ ।
भारतिय सेनामा आर्कषक तलव भत्ता रहेकोले नेपाली युवाहरुको आर्कषण बढेको हो । झण्डै ४ हजार भन्दा वढि युवाहरु का लागि खुलेको भर्नामा प्रारक्भीक परिक्षणमा दर्शौ हजार सहभागि भएका छन् ।
गोर्खा भर्ती केन्द्रंका बटालियन कमाण्डर एम के सागोसले नेपाली युवाहरुको भर्ना छनो प्रक्रिया अघि बढेको र यो परै पारदर्शी रहेको जानकारी दिएका छन् ।
उनले सक्षक युवाहरुलाइृ आफुहरुले खोजी खोजी भर्ति गराउने बताउदै गोर्खा भर्ति केन्द्मा भर्ना हुन नेपाली युवाहरु अघिकार रहेको समेत बताएका छन् । सन् १९९० देखि नै नेपाली युवाहरु भारततिय गोर्खा पल्टनमा भर्ति हुदै आएका छन् ।
अहिले पनि भारतमा झण्डै ४० हजार युवाहरु कार्यरतरहेको बटालियन कमाण्डर सागोसले बताएका छन् । उनले नेपाली युवाहरु ईमान्दार तथा लगनशिल रहेको भन्दै शारिरिक रुपमा पनि क्षमतावान रहेको प्रतिक्रिया दिएका छन् ।
-
Comments
Post a Comment