गोरखाको मनास्लु ट्रेकिङमा गएका पर्यटक पहिरोले पुरिए :: Read News>>





गोरखाः गोरखाको मनास्लु ट्रेकिङमा गएका पर्यटकको टोली पहिरोले पुरिएका छन्। उइया र केरउँजा गाविसकोबीचमा गएको पहिरोमा उनीहरु पुरिएको बताइएपनि घटनाको पूर्ण विवरण आउन बाँकी छ।

खोर्लाबेसीमा बास बसेर गएको १५ जनाको टोली पहिरोमा परेको जानकारी आएपनि घटनाको पूर्ण विवरण आउनबाँकी रहेको नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टीका गुरुङले जानकारी दिए।

पहिरो गएको खबर आए पनि प्रहरीको टोली घटनास्थलमा पुग्न सकेको छैन। नेपाल प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

Comments