क्रसर आन्दोलनले पृथ्वीराजमार्ग अवरुद्ध, व्ययसायीले डोजर र टिप्पर सडकमा तेर्साए :: Read News>




काठमाडौँ, ६ असोज - जिल्ला प्रशासन कार्यालय धादिङको विरोधमा स्थानीय क्रसर व्यवसायीहरु आन्दालेनमा उत्रेका छन्।

व्यवसायीहरुले डोजर, टिप्पर र मजदुरहरुलाई थाक्रे-५, जुगेखोलास्थित राजमार्ग एकतर्फी रुपमा सडकमा लाइन लगाए राखेपछि सडक अवरुद्ध भएको छ। प्रहरीले एकतर्फी यातायात सञ्चालन गर्ने प्रयास गरेको छ। गत साउन १ गतेदेखि बन्द भएका क्रसर उद्योगहरु स्थानीय प्रशाासनले असोज १ गतेदेखि सञ्चालन गर्न नदिएर मजदुरहरु पक्राउ गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन्।

कानुनविपरीत जिल्लाका समस्त क्रसर उद्योग सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार दुई वटा क्रसर उद्योगका चार जनाजना कामदारहरुलाई सशस्त्र प्रहरीमार्फत् पक्राउ गराएको थियो।

Comments