काठमाडौं १३ कात्तिक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गर्नुभएको छ ।
ललितपुरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।सत्ता साझेदार दल कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षड्यन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका बेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आएको हो ।
राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको ओलीको भनाइ थियो । उनले नेकपा माओवादी केन्द्रतर्फ इंकित गर्दै एमाले जनतामा लोकपि्रय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको आरोप समेत लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले मुलुकमा सुशासन र पारदर्शीता कायम हुनुपर्छ भन्ने पक्षमा रहेकाले एमाले लोकमानविरुद्ध महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट पारे ।
Comments
Post a Comment