फेरी गयो इटालीमा आधा घण्टा भित्र तीन शक्तिशाली भूकम्प

italy-earthquake-3

एजेन्सी । मध्य इटालीमा आइतबार भूकम्पको ठूलो झट्का महसुस गरिएको छ । दिउँसो करिब १२ बजेर २७ मिनेट जाँदा ६.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ भने त्यसको लगत्तै चार मिनेट पछि ४.६ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।


यसका साथै दोस्रो झड्का महसुस भएको १६ मिनेट पछि नै ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । गत कात्तिक १० गते पनि स्थानीय समय अनुसार ७ बजेर १० मिनेट जाँदा मसेराटा प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको २ घण्टा पछि त्यही स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प गयो ।

साथै, यसको दुई महिना अघि यही क्षेत्र आसपास गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी २९८ जनाले ज्यान गुमाएका थिए ।

Comments