रहस्यमय मृत्यु भएका बाबुको किरियामा नाबालक छोरी



काठमाडौं, १२ कात्तिक । भूकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यस बाहिर आँगनमा एकसरो सेतो वस्त्र धारण गरेकी एक महिला र दुई नाबालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार किरिया गरिरहेको अवस्था प्रष्ट देखिन्छ । धर्मको भाषामा तस्बिर सामान्य लागे पनि मानवताको हिसाबले तस्बिर कारुणिक, बाध्यकारी र हृदयविदारक लाग्छ ।

यो दृश्य धादिङको कुम्पुरे पिपलटारस्थित दलित बस्तीको हो । स्थानीय लालबहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका दुई बालिका अहिले बाबुको किरियामा बसेका छन्

कुम्पुरकै महाकाली माद्यामिक विद्यायलमा कक्षा ९ मा पढ्ने पवित्रा बयलकोटी र कक्षा ७ पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको किरिया गरिरहेका छन्।

Comments