पोर्चुगलको ओदिमेरा भन्ने ठाउँमा कार दुर्घटनमा परि दुई नेपालीको घटना स्थलमा मृत्यु फोटो र भिडियो सहित



वाई वि गुरुङ,लिस्बन, २९ अक्टोबर २०१६ – राजधानी लिस्बन देखि करिव २ सय किमि टाढा ओदिमेरा भन्ने ठाउमा कार दुर्घटनमा परि २ नेपालीको घटना स्थलमा मृत्यु भएको छ भने अर्का एक नेपाली


गत बुधवार बिहान करिव २ बजे भएको उक्त दुर्घटनामा परि नवलपरासीका अनिल थापा र बाग्लुङ्ग रिघाका सन्तोष सापकोटाको मृत्यु भएको छ भने बग्लुङ्ग बिहुँका गोबिन्द कंडेल घाइते भएको कुरा गैह्र आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलले जानकारी दिएका छन् ।





घटना राजधानी भन्दा करिव २०० किलोमिटर टाढा भएकाले राजधानीमा बस्ने नेपालीहरुले खबर ढिला पाएका थिए । गैह्र आवासीय नेपाली संघका अध्यक्ष भिम केसी कमल तथा लिस्बनका लागि नेपाली अवैतनिक बणिज्यदुत मकर हमालको प्रतिनिधिहरुले उक्त घट्नका बारेमा जानकारी लिन दुर्घटना भएको स्थानमा पुगेका थिए भने स्थानीय प्रशासन संग सोध पुछ गरेर घटनाको पुर्ण जानकारी लिएका थिए । कृषि कामदारका रुपमा करिव ५ हजार नेपालीहरु लिस्बन बाहिरका बिभिन्न सहरमा कार्यरत छन, सो दुर्घटनामा परेका नेपालीहरु पनि बिगत केहि वर्ष देखि कृषि कामदारका रुपमा उक्त स्थानमा कार्यरत थिए ।

Comments