यस्तै हो भने हिजो राजा फालेका जनताले नै राजालाई श्रीपेच लगाएर दरबार भित्र्याउनेछन-निर्मल गुरुङ


nirmal-gurung
सदियौ देखि जरा गाडेर बसेको राणा र राजतन्त्रले उपलब्धि विहीन सत्ता कब्जा गरि बस्यो भनि राख्द अझ तत्कालिन राजा विरेन्द्रको वंशनास पछि झनै आक्रोशित जनताले अन्तत: राजतन्त्र जरै देखि उखेलेर नेपालको राजनैतिक इतिहांसमा नयां आयम नै ल्याई दिए। करोडौ जनताको खुन पसिना चुस्यो र ढुकुटी रित्याए भनेर सडकमा उत्रिएका सर्व साधारण त्यति बेला यत्ति खरो रुपमा उत्रिए फलस्वरुप तत्कालिन ज्ञानेन्द्रले सत्ताच्युत हुनु पर्यो भने विभिन्न समयमा पारस शाहका गैर जिम्मेवार पुर्ण हर्कतका कारण त्यस पछिका दिनहरु खासै राम्रो देखिएन राजपरिवारका लागि।
यस बिचमा समय धेरै बदली सकेको छ। कसैले पनि नसोचेका ठुला ठुला राजनैतिक उथल पुथलहरु भै सकेका छन यहां। सम्वृद्दा र सम्पन्न नेपालको आशामा हजारौ जनताका कयौ लिटर खुन बगि सकेका छन यो देशमा। प्रकृतिले पनि हामी माथि नै ठगेर कुन चहिं जन्मको अर्को बदला यसै समयमा लिन पुगेको छ। तर स्रोत र साधनले प्राचुर सम्भावना बोकेको हाम्रो देशमा केहि अवसरवादी तत्वहरुले लाजै पचाएर कु पुत्रहरुले गरि खाना छाडेर मांगी खाने भांडो बनाए यो देशलाई। करोडौ जनतालाई पर राखेर राज्यको ढुकुटीमा हाली मुहाली गर्नु बाहेक एउटा सिन्को भांच्ने काम पनि गरेनन। अन्तत: मुलुक अस्थिरता र अन्यौलताको बाटोमा बढ्नु गयो।
प्रजातन्त्र (democracy) पद्दातिय शासन व्यवस्था विश्व मै निकै लोकप्रिय मानिन्छ। कहिले सुर्य अस्त न हुने भनेर भनिने सम्वृद्दा मुलुक बेलायतमा पनि यहि ब्यवस्था अंगिकार गरिन्छ भने राजकिय शासन प्रणाली पनि नराम्रो मान्न सकिन्न। धेरै उदाहरणहरु पनि देख्न पाउछौ हामीले । तर हाम्रो देशका केहि गोजेन्ग्र्े हनुमानेहरुले त्यसलाई पनि अस्विकार गरि उनिहरु कै करणी र कथानीनुसार १२ हात उफ्रेर लोकतान्त्रिक गणतन्त्रमा पाइला राख्ने साहस गर्न पुगे। दिन दुई गुणा रात चौगुना मौलाएको महाँगी, भ्रष्ट्रचार र अस्त व्यस्त समाज बिच यहि गणतन्त्रले लोकमान जस्ता २१औ शतब्दी कै अनौठो महापुरुषको एउटा अर्को इतिहांस पनि जन्माए र त्यहि लोखार्केको व्यत्तिगत स्वार्थ र भ्रष्ट स्वभावले गर्दा हजारौ लोखार्केहरु जन्माए। राजनैतिक खेलको कुनै सिमा हुदैन र खुट्टा तान्ने प्रवृति पनि नौलो होइन तर लोकमानको कुरुप रुप चहि सत्य हो। यो गन्ने र तान्ने तन्त्रले अझै कति वटा लोकमान जन्मिने हो त्यो त आउने दिनहरुले बताउछ नै यहां सवाल इतिहांसलाई फर्केर हेर्दा एउटा कुरा भुल्नु हुंदैन।
प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको ठुलो सपना देखेर/देखाएर तत्कालिन राजतन्त्रलाई जरै सित उखेलेर फ्यांक्न सफल जनता आज कतै फेरि पुन एक पटक राजा र राजतन्त्र प्रतिको आस्था र भरोषा प्रति फर्किन खोजेको त छैनन/होइनन ? राजाको हैसियतमा जस्तै गरि सार्बजनिक ठाऊंमा अभिव्यक्ति दिनु यसको सकरात्मक संकेत त होइन ? गणतन्त्रले दिएको सास्तीलाई केलाउने हो भने के राजतन्त्र नै ठीक त थिएन ? अब आम जनताले बुझ्नै पर्छ। गणतन्त्र र आर्थिक क्रान्तिमा विश्वास गर्छु तर अब यसको मतलब यो होइन कि “कहिं न भाको जात्रा हांडी गाँऊमा” भने जस्तो भ्रष्ट्रचारीहरु मात्रै जन्माउने गणतन्त्रलाई विश्वास गर्नै पर्दछ भन्ने पनि त छैन।
औसत वर्षेणी परिवर्तन हुने सरकार र त्यसैबाट जन्मिने करोडौ जनताको खुन चुस्ने हजारौ उपियाँहरुले देशलाई यति धेरै चुस्यो कि सजायां मृत्युदण्ड पनि कम नै पर्दछ तिनीहरुलाई। भनिन्छ नि…..अति गर्नु तर अत्यचार नगर्नु रे !
त्यसैले
मन्दिर नै मन्दिरको हाम्रो देशमा यदि सांच्चिकै भगवान छ भने उठौ/जागौं जनता हो। अबको अन्तिम उपाय भनेको दुबो झै मौलाएको भ्रष्ट्रचार र राजनैतिक बेथितीको विरुद्दा एउटा यस्तो महायज्ञको आयोजना गरौ जसले २१औं शताब्दी कै तानाशाह उत्तर कोरियाली किम जस्तो शासकको जन्म होस जसले यो मुलुकलाई भुटानी, सिक्किमि र फिजीकरण हुनुबाट जोगाई स्वाभिमान, सर्बभौम र अखण्डताको रक्षा गरि दिगो विकास र आर्थिक क्रान्तिको मार्गमा लगोस अनि भ्रष्टचारी जनता वा नेता जो सुकैलाई पनि सयौ माइल परबाट मिसाइलले उडाओस वा दर्जनौ पागल कुकुरहरुको खोरमा फालेर मृत्यु दण्ड देओस तब मात्र यो देशको विकास सम्भव छ होइन भने यो देशमा अझै अर्को एक शतब्दी सम्म कुनै पनि आर्थिक क्रान्तिको आशा नगरे हुन्छ।
सधै भरि आफुलाई अकबारे खुर्सानी ठान्ने जस्तो दुस्साहस गर्ने यि भ्रष्टचारीहरुले टिमुरको एउटै गेडाले पनि तिम्रो सास नै रोक्न सक्छ भन्ने कुरा कहिल्यै नभुल्दा पनि हुन्छ। जनता जिरे खुर्सानी र टिमुर हुन। कुनै पनि दिन तिमीहरु जस्तो एउटा हड्डीको लागि लड्दै गरेका भ्रष्ट र लोभी भुस्याहा कुकुरहरुको हूलमा आणबिक बम बनि कुनै पनि बेला पड्किन सक्ने छ। यसैले कृपया कम्तिमा पनि आउदै गरेको तिहारमा समस्त हिन्दु धर्मवालम्वीहरुले पुज्ने गरेको कुकुरले जति भए पनि मालिक (जनता) प्रतिको इमान्दारिता र वफादारिता त निभाउने प्रयाश गर #याररररररररररररररररररर !!!!
स्मरण रहोस,
कुनै पनि मुलुकमा जनता भन्दा ठुलो कोहि छैन।
सबैलाई थाहा भय:

Comments