भारत–पाकिस्तान तनाव चर्कियो : भारत सरकारले पाकिस्तानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र भारत छाड्न दियो आदेश


india-flag
नयाँदिल्ली , १२ कात्तिक । जासुसी गरको र गापनीय रक्षा चोरी गरवेको आरोपमा पाकिस्तानी उच्चायोगका कर्मचारीलाई भारत सरकारले ४८ घण्टामा भारत छोड्न बीहीबार आदेश दिएको छ । राक्ष सम्बन्त्री कागजातका साथ प्रहरीले उनलाई दिल्लीमा पक्राउ गरेपछि भारतले यस्तो आदेश दिएको हो ।

आजको अन्नपूर्ण पोष्टमा खबर छ – पाकिस्तानी उच्चायुक्त अव्दुल बासितलाई भेटेर महमुद अख्तरलई देश निकालाको आदेश दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वारुपले जाकारी दिएका छन् । उनले भने, ‘पाकिस्तानी उच्चायुक्तसँग कुराकानी भएको छ । जासुुसी गतिविधिमा संलग्न भएकाले पाकिस्तानी उच्चायोगको कर्मचारीलाई अनाधिकृत व्यक्ति घोषणा गरिएको छ । ’

Comments