बर्दियामा तिहार मनाउन घर फर्किएका श्रीमानले घरायसी विवादका क्रममा बञ्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्



कात्तिक ११ – बर्दियामा तिहार मनाउन घर फर्किएका श्रीमानले घरायसी विवादका क्रममा बञ्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

बन्चरोले हानेर दैलेख सालखर्क का ३९ वर्षीय मिनबहादुर सुनारले ३६ वर्षकी श्रीमती खगीसरा सुनारलाई हत्या गरेका हुन् । 

डिएसपी नेत्रमणी गिरीले भारतको सिमलाबाट कमाई गरी तिहार मनाउन घर फर्किएका मिनबहादुरले आफन्तको घरमा बसेका बेला बुधबार राति बञ्चरोले हानेर खगीसराको हत्या गरेको बताएका छन् । 

प्रहरीले घरयासी विवादका कारण मिनबहादुरले श्रीमतीको हत्या गरेको जानकारी दिएको छ । मिनबहादुर फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।

Comments