अमेरिकी एयरलाइन्सको विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो। अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको हो। विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थालमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले बताए।
मायामीका लागि उडान भर्न लागेको विमानमा शनिबार राति आगलागी भएपछि धावनमार्ग सकिनु पूर्व नै विमान रोकिएको थियो। उडिसकेपछि आगो लागेको भए ठूलो दुर्घटना हुने र विमान त्यसबाट जोगिएको अधिकारीले बताएका छन्।
एक सय ६१ जना यात्रु र चालकदलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए। यस्तै विमानमा एउटा कुकुर पनि थियो। २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। तर उनीहरु आगोका कारण नभइ भाग्ने क्रममा घाइते भएका हुन्। एजेन्सी
Comments
Post a Comment