महिलाको हत्यापछि जंगलमा फालेको जस्तो देखिएको छ’ : एसपी सिंह
तस्बिर : शिवु खनाल
तुलसीपुर,
१५-मंसिर / तुलसीपुर–अमेलिया सडक खण्डको जंगलमा मंगलवार फेला परेको महिलाको शबको अझैं पहिचान हुन सकेको छैन । तर, प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।
१५-मंसिर / तुलसीपुर–अमेलिया सडक खण्डको जंगलमा मंगलवार फेला परेको महिलाको शबको अझैं पहिचान हुन सकेको छैन । तर, प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले महिलाको हत्यापछि जंगलवामा शव छोडिएको हुन सक्ने आशंका व्यक्त गरे । पोष्ट मार्टम जारी रहेको भएपनि शव प्राप्त भएको स्थान र प्रकृति हेर्दा ति महिलाको हत्या भएको अनुमान गर्न सकिने एसपी सिंहले बताए ।
अमेलिया चोकको झन्डै तीन किलोमिटर उत्तर दाङको तुलसीपुर आउने बाटोको जंगल भित्र ति महिलाको शव फेला परेको थियो । स्थानीय महिलाहरु जंगल गएको समयमा ति महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक महिलाको उमेर अन्दाजी ३० बर्ष जतिको छ ।
रातो कपाडा लगाएकी र हातमा घडी बाँधेकी महिलाको पहिचान अझैंै हुन सकेको छैन । महिलाको शव जंगलमा फेरापछि अनुसन्धान जारी राखिएको प्रहरीले बताएको छ ।
Comments
Post a Comment