बलिउड नायिका तथा आधुनिक योगकी गुरूमा शिल्पा सेट्टी सबैभन्दा स्वस्थ्य बलिउडकी नायिका मानिन्छिन् । तर उनलाई चिकित्सकले अब जिन्दगी धेरै छैन भनिदिए भने के होला ?भएको छ त्यस्तै ।
रियालिटी टेलिभिजन शो सुपर डान्सरकी निर्णायक शिल्पालाई जन्मनुअघि नै चिकित्सकले धेरै दिन नबाँच्ने बताएका थिए ।
शिल्पा जेन्मकै थिइनन् । उनकी आमा गर्भवती थिइन् । त्यत्ति नै बेला शिल्पालाई चिकित्सकले धेरै दिन बाँच्न नसक्ने बताएका हुन् ।
सुपर डान्सरमा सहभागी यसको खुलासा उनले सो कार्यक्रम चलिरहँदा अपाङ्ग प्रतिस्पर्धी देव वाष्र्णेयलाई देखेपछि सुनाएकी हुन् ।
ग्वालियरका देव बाल्यकालदेखि नै अपाङ्ग हुन् । उनका दुवै खुट्टा बेकामे छन् । देवलाई निराश नपार्न उनले आफ्नो जीवनको गोप्यता खोलेकी हुन् । अपाङ्ग भए पनि निकै आकर्षक नृत्य गरेका देवको हिम्मत देखेर अहिलेसम्म कतै गोप्य नखोलेकी शिल्पा पग्लिएकी हुन् ।
शिल्पालाई देख्ने जोकोहीले भन्छन्, ‘चिकित्सक झुठा निस्किए । आखिर विज्ञानलाई जित्न सक्ने क्षमता साहसमा हुन्छ भनेको यही हो ।
Comments
Post a Comment