कतिपया सके सहयोग नसके यो पोष्टलाई बढीभन्दा बढी #सेयर गरिदिनु भयो भने धेरै सहयोगी मन सम्म पुग्न सक्छ । त्यो पनि तपाईले गरेको ठूलो सहयोग हुने छ । यस्मा हामीले सबै ठेगाना राखेको छौ सहयोग गर्दा राम्रो संग पढेर ठिक ठेगानामा पठाउनु होला | धन्नेबाद गोर्खाली खबर


२५ लाख जुटाउन नसक्दा झापाकी एक चेली मर्नु न बाँच्नुको अवस्थामा सके सहयोग नसके शेयर गर्नुहोस्

साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर झापा समूह नं २५६ की सदस्य सकुन्तला ढुङ्गेल) सुवेदीकी छोरी वर्ष २२ की सुजता (स्वेता) सुवेदीलाई एप्लाष्टिक एनिमिया (बोन म्यारो फेलर) भएर मृत्युसँग जुधिरहेकी छन् । उनको आँखामा हेर्ने जो कसैले पनि के भनीरहेकीछन् भनेर सजिलै बुझ्न सक्छ । “हजुर मलाई हेर्न आउनु भयो । मेरो लागि भगवानको दर्शन पाए सरह भयो ।


फेरि देख्न पाउँछु कि पाउँदिन थाहा छैन । हेल्थ असिस्टेन्ट भएर दुरदराज गाउँका बिपन्न, गरिब र साना किसानहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने सानै देखिको ईच्छा थियो । मेरा बाउ आमाले हरेक दुःख सहेर पढाई त दिनु भयो । तर सेवा गर्ने मौका भने पाउँछु कि पाउँदिन । यहाँहरुले आफ्ना सन्तानलाई पढाएर गरिबको सेवा गर्ने भावना विकास गरिदिनु हुन्छ भन्ने मेरो अपिल छ ।” यो कस्तो बिडम्बना ? कति निष्ठुर नियति ? सबैलाई थाहा छ पैसा भए उनी बाँच्छिन्, तर पैसा जुटाउने सामथ्र्य छैन । आफ्नो आँखा अघि घुमि रहेको मृत्यु गनेर कुनै विदाताको पखाईमा जीवन सुम्पनु पर्दाको पिडा ज्यादै कहाली लाग्दो हुने रहेछ । ती बाउ आमालाई कस्तो हुँदो हो आफु गरिब भएको सजाय आफ्ना सन्तानले भोग्नु पर्दा । गुहारुन कसलाई ? रोउन को सँग ? औषधी कम्पनीले पैसाको भाषा मात्र बुझ्दछ जो उनीहरुसँग छैन ।
देश संक्रमणकालमा छ, राजनेताहरु व्यस्त हुनुहुन्छ, राजनीतिक पहुँच उनीहरुको छैन । उनीहरु त विशुद्ध साना किसान – दुनियालाई पाल्न अन्न र तरकारी फलाउने वर्ग । त्यसतो पहुँच बनाउन कहिल्यै फुर्सद नै भएन । सुनाउन् कसलाई ? कसलाई सुनाउँदा सहयोग हुन्छ भन्ने पनि थाहा छैन । जति प्रयास गरे पनि दुई चार लाख भन्दा जुट्न सकेको छैन । डाक्टर बिमलले १५ देखि २५ लाख तुरुन्त तयार गर्नु भन्नु भएको छ । निराश भएर आज रातभरी सुत्न सकिन । केही दिन अघि सहयोगको लागि आव्हान गर्दै फेसबुकमा स्टाटस लेखिएको थियो । इजरायलमा हुने विद्यार्थी एवं साथीहरुले पढ्नु भएछ । कसरी सहयोग गर्ने ? जति सक्छौं हामी पनि हात मिलाउँछौं भनेर आज बिहानै एकजना साथीले फोन गर्नु भयो । अन्य ठाउँहरुबाट पनि सोध खबर खुब आउन थालेको छ । मैले गत बैशाखको महाभुकम्प सम्झे ।

एक आव्हानमा मुलक भरका साना किसानहरुले १.५ करोड भन्दा बढी सहयोग जुटाउनु भएको थियो । आज ती साथीले फोन गर्दा मन र धनको गरिब बिचको अन्तर फेरी कोट्याउन मन लाग्यो । हामीले सहयोग माग्ने त हामै वर्ग पो रहेछ । कहाँ कहाँ भट्कियौं । हामी गरिब छौं तर हृदयबाट कति धनी छौं । एकलाई विपत्ती पर्दा साराको छाति चर्कन्छ । सायद सन्सार मै यस्तो देश छैन होला जहाँ मनबाट नै एक अर्कामा सहृदयता गाँसिएको छ । हामीलाई ठूलो साहास आएको छ । तपाईँहरु सबैलाई धन्यवाद छ । देश विदेश जहाँका भए पनि सहयोगी मनहरुको ठूलो खाँचो छ । सुजताको अनुहारमा हेर्ने जो कसैले आफ्नै छोरी बहिनीको मुहार देख्न सक्छ । आउनु होस् एउटा फक्रदै गरेको मुनालाई मृत्युबाट जोगाउन ऐक्यवद्धता गरौं । मन दिएर, धन दिएर, समय दिएर, सद्भाव दिएर, हौसला दिएर तपाईँले जसरी गरेको सहयोग पनि लाख हुन्छ ।

तपाईँ काठमाडौंमा हुनुहुन्छ भने मिति २०७३ मंसिर ११ गते शनिवार बिहान ११ बजे निजामति कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मिनभवन, काठमाडौंमा भेला हौं । कसरी अघि बढ्ने सल्लाह गरौं । तपाईँको मनमा यसबाट दुःख पुगेकोमा क्षमाप्रार्थी छौं । विस्तृत जानकारीका लागि उनको बुवाको फोन नं. ९८१४९७१४४५ वा ताराबीर लिम्बू फोन नं. ९८१५९६२९११ देबी प्रसाद कोईराला फोन नं. ९८१५०८८५५५ मा सम्पर्क गर्न सकिने छ । यदि यहाँहरुले मलाई सम्पर्क गर्न चहानु हुन्छ भने मेरो सम्पर्क नम्बर ९८५११३९१४९ मा फोन गर्न सक्नु हुनेछ । यो पोष्टलाई बढीभन्दा बढी सेयर गरिदिनु भयो भने धेरै सहयोगी मन सम्म पुग्न सक्छ । त्यो पनि तपाईले गरेको ठूलो सहयोग हुने छ । तपाईँहरु सबैको आवज म अहिल्यै उनलाई सुनाई दिन्छु, “सुजता तिमीलाई मर्न नदिने रे ”

Comments