यी हुन् पोखराको गल्ली ढुक्दै युवतीको निरन्तर हत्या प्रयास गर्ने झा,सबैलाई सतर्क हुन अनुरोध , १ चोटि पढि १ शेहर गरी जानकारी गराउनुहोला।
कास्की । पोखरामा लामो समयसम्म एक युवकले आतंक मच्चाए। रातको समयमा गल्ली-गल्ली डुलेर युवतीलाई शृंखलाबद्व रुपमा आक्रमण र हत्या प्रयास चल्यो। भारतको मध्यप्रदेश घर भई पोखरा बस्ने ३० वर्षीय अखिलेश झाले यस्तो आतंक मच्चाएका थिए। पोखरामा ह्यान्डिक्राफ्ट चलाउने झाले १७ जनालाई आक्रमण गरे। जसमा तीन जनाको ज्यान गयो। गत भदौमा प्रहरीले उनलाई निकै ठूलो मेहनतपछि पक्राउ गरेको थियो। सुरुमा हत्या अस्वीकार गरेका उनले पछि विनापश्चात्ताप घटना स्वीकार गरे।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्वी बज्राचार्यका अनुसार पहिलो घटना गत वर्ष ७ पुसमा भयो। पोखराको इन्द्रपुरी टोलको सडकमा एक १८ वर्षीया युवती हिँडिरहेकी थिइन्। झाले उनलाई ढुंगाले टाउकोमा हानेर घाइते बनाई घिसारेर सडक छेउमा राखे अनि मोटरसाइकल चढेर भागे।
त्यसको ३८ दिनपछि मालेपाटनमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला पर्यो। स्टेप बाई स्टेप बोर्डिङ स्कुलनजिकै रहेको ऋषिराम बरालको घरको कम्पाउन्डमा मोरङ घर भएकी सरस्वती लिम्बूको शव भेटिएको थियो। सो घटनाबारे प्रहरीले लामो समय अनुसन्धान गरे पनि केही पत्ता लागेन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
Comments
Post a Comment