यूएईमा तिन नेपाली बिचल्लिमा , सड़कको बास,१ शेहर गरी जानकारी गराऔ ।

यूएईमा तिन नेपाली बिचल्लिमा , सड़कको बास

बैदेशिक रोजगारिका लागि १, अगस्ट, २०१६ मा यूएई आएका तीन नेपाली बिचल्लिमा परेका छन । यसरी अलपत्र पर्नेहरुमा मोरङ्ग लेटाङ्गका सागर राई, मोरङ्ग वाराङ्गीका सुनील लिम्बु र झापा जलथलका बेनु राई रहेका छन ।
काठमाण्डौमा रहेको इलाइट ह्यूमन रिसोर्स प्रालि बाट क्लीनर कंपनीका लागि नेपाली रु: १ लाख बुझाई यूएईको इलाइट जेनेरल क्लीनर कम्पनीमा बेसिक स्यालरी ९०० दिराम भनेर आएका थिए ।
काम गर्ने शीलशिलामा मालिकले धम्क्याई गाली गरेर काम गराउने, १५/१६ घण्टा काम गर्नुपर्ने र काम गरे बापत तलब पनि पूरा नपाउने जस्ता पीड़ा भोग्दै काम गर्नु पर्दा र कम्पनीको साहुले बेला बेला धम्क्याउने र बिभिन्न कागज मा साइन गर्न लगाउने गरेको र काम बाट निकालिदिएको पीडितहरुले सुनाए ।
कामबाट निकाली लेबर कोटमा मुद्दा समेत हालेको हुँदा र धम्क्याएर नबुझिने कागजमा हस्ताक्षर गराएको कारण हामीलाई फसाइएको हुनसक्ने पीडितहरु बताउछन् ।
कामबाट निकाले पश्चात कहिले पार्क, बगैचा, कहिले समुन्द्रको छेउ त कहिले मस्जिदमा बास बस्न बाध्य भएको उनिहरुले बताए । आफुसँग पैसा नहुँदा खानाको समेत समस्या परेको उनिहरुले बताएका छन ।
एजेन्ट मार्फत मेनपावर देखि भिसा लगाई उनिहरु यूएई आएका थिए । मेनपावरका बिष्णु भण्डारीले घरमा समेत फोन गरी पीड़ा दिएको र यहाँ देखि हामीलाई नेपाल फ़िर्ता गर्ने आस्वाशन देखाउदै अर्का मेनपावरमा काम गर्ने राम भन्नेले पनि धोका दिएको उनीहरु बताउछन् ।
यसैगरी मोरंगका सागर राई अर्जुन नाम गरेका एजेन्ट मार्फत, सुनील लिम्बु हिक्मत खडका मार्फत र अर्का बेनु राई इलाईट मेनपावरका बिष्णु भण्डारी मार्फत आएका हुन ।
अहिले उनीहरुलाइ शारजाहको सनैया स्थित नेपाली दाजुभाइले आफ्नो क्याम्पमा राख्नुभएको र आफूहरुलाइ नेपाली दुताबास सम्बन्धी जानकारी पनि नभएको उनीहरु बताउँछन् ।

Comments