प्रहरीको मोटरसाइको ठक्करले बालिका सिकिस्त
रणध्वज लोहार
धरान । पानबारी प्रहरी चौकीका प्रहरी जवान दिनेश देवानले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी धरान–२३ पानबारीकी ६ वर्षीया समृद्धि आचार्य उपचारपछि पनि ओछ्यानमै दिसा–पिसाब गर्न बाध्य भएकी छिन् ।
१० दिनअघि मोटरसाइकलको ठक्करले बालिकाको दाहिने खुट्टा दुईठाउँमा भाँचिएको छ भने हिपको हड्डीसमेत भाँचिएपछि बालिका अहिले घरैमा ओछ्यानमै छिन् । उपचार भएर घर लगे पनि परिवार भने छोरीको अवस्था के होला भनेर चिन्तामा डुबेको छ । आमा कञ्चना आचार्यले भनिन् –‘अहिले छोरीको दिसा–पिसाब एकैठाउँ हुने गरेको छ भने ओछ्यानबाट उठेर हिँडडुल गर्ने अवस्थासमेत छैन, छोरी के होला भनेर चिन्ता डुबेका छौं ।’ उनको छोरीलाई मंसिर २ गते बिहान साढे १० बजे देवानको मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । सडक किनारामा उभिरहेकी उनको छोरीलाई अत्यधिक गतिमा गुडिरहेको मे. ५ प ६२०० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिएको परिवारले बताएका छन् । टाउको तथा अनुहारमा समेत चोट लागेको छ । उनलाई तत्कालै बीपी प्रतिष्ठान धरानमा एकहप्ता राखेर उपचार गरिएको थियो ।
प्रतिष्ठानका चिकित्सकहरुले थप उपचारको लागि काठमाडौं लैजान सुझाएको आचार्यले बताइन् । देवान प्रहरीको रासनभत्ताका लागि पानबारी प्रहरी चौकीबाट धरान आउने क्रममा सडकमा उभिरहेकी आफ्नी नातिनीलाई ठक्कर दिएको बालिकाको हजुरबुबा दाताराम आचार्यले बताए । प्रहरीले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भनेर सहमति गरौं भनेपछि पीडित परिवार सहमतिमा पुगेको आचार्यले बताए । उपचारपछि पनि अझै अवस्था गम्भीर रहेकाले परिवारजन चिन्तामा डुबेका छन् । प्रहरीले क्षतिपूर्तिसहित सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्ने माग उनीहरुले गरेका छन् ।
घटना प्रहरीसँग सम्बन्धित भएकाले पनि बाहिर आउन सकेको थिएन । स्रोतका अनुसार प्रहरी दिनेश देवानको सवारी चालक अनुमतिपत्रसमेत नभएको बुझिएको छ । तर पानबारी प्रहरी चौकीका इञ्चार्ज अर्जुन खत्रीले भने सवारी चालक अनुमतिपत्र भएको दाबी गरेका छन् । उनले पीडित परिवारको सम्पूर्ण उपचार खर्च व्यहार्ने सहमति गरेको बताए ।
चिकित्सकको सल्लाह बमोजिम उपचार गरेकोसमेत उनको भनाइ छ । पीडित बालिकाकी आमा कञ्चना आचार्यले भने छोरीको उपचार र रेखदेख लामो समयसम्म गर्नु परेकाले आफूले गर्दै आएको जागिरसमेत संकटमा परेको बताइन् । उनले भनिन्–‘छोरीभन्दा हाम्रो लागि अरु केही होइन, छोरी दुर्घटना भएपछि मासिक १० हजार कमाउँदै आएको कामसमेत गुमाउनु पर्ने अवस्था आएको छ ।’ उनी धरान–२३ पानबारीको एभेरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुलकी शिक्षिका हुन् । घाइते छोरी पनि सोही स्कुलमा अध्ययनरत छिन् भने उनी विद्यालय जानसक्ने अवस्था नभएको परिवारले बताएको छ । ‘छोरीको ज्यान बचाउन सक्यौं, प्रहरीलाई केही पनि भनेका छैनौं, यदि हामी जनताका कारण दुर्घटना भएको भए के गर्थे प्रहरीले ?’–कञ्चना प्रश्न गर्छिन् । चिकित्सकहरुले बिरामी छोरीको अवस्था ठीक हुन अझै लामो समय लाग्ने बताएका छन् ।
जनताको जीउ धनको रक्षाको निम्ति खटिने प्रहरीप्रति पानबारीबासी अहिले मौन छन् ।

Comments
Post a Comment