उदयपुर मा बिहेको_अघिलो_दिन_बेहुलीद्वारा_आत्महत्या
मंसिर ९ उदयपुरमा एक युवतीले बेहुली हुनु अघिल्लो दिन नै आत्महत्या गरेकी छिन् । रामपुर ठोक्शिला ७ का मौलबहादुर मग्रातीकी २२ बर्षिया छोरी भवगती मग्रातीले आत्महत्या गरेकी हुन् । विहिबार बेहुली हुने निश्चित भईसकेको र घरमा विहेको सबै तयारी तथा चाजोपाँचो मिलाइसकेको अवस्थामा बुधबार विहान आप्mनै सुन्ते कोठामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको मृतककी बुवालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनको आत्महत्याको खबरले सुनसरीको बराहा क्षेत्र गाविसबाट आउने तयारीको जन्ती रोकिएको छ भने बेहुला र बेहुली दुबै तर्फको विवाहको तयारी लथालिङ्ग भएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको
प्रहरीले जनाएको छ ।
प्रहरीले जनाएको छ ।
Comments
Post a Comment