गरिबीका कारण आफन्तले आमाको क्रिया नगरिदिएपछि....
गर्भमा रहेको छोरीलाई जन्म दिएपछि ३६ वर्षको उमेरमा असामहिक निधन हुँदा भुसाल परिवारको बिचल्ली भएको छ | आर्थिक अवस्था अत्यन्तै कमजोर भएकालेे आफ्नो सहोदर दाजु भाइहरु नहुँद अन्य दाजु भाइहरुले काजक्रिया गर्न नमानेपछि वर्ष ११ र १२ वर्षीय मालता र संगीता आफ्नी आमाको चिरशान्तिको कामना गरि पुरानो रुढीबादी परम्परा संस्कारलाई चुनौती दिदै छोराहरुले गर्ने काम हामी छोरीहरुले पनि गर्न सक्छौ भन्ने सन्देशका साथ आफ्नो आमाको आन्तिम दाहा सस्कार गरेका छन ।आर्थिक अवस्था आत्यन्तै कमजोर हुँदा सानो ६ दिनको दुधे बालकलाई पाल्न नसकेपछि अर्कैलाइ धर्म छोरी बनाएर पाल्न दिएको छ भने अहिले क्रियामा बसिरहेका नानीहरुलाई आमा गुमाउनुको पिडा एकातिर छ भनी अर्कोतिर भोलि के खाने स्कुल कसरी जाने क्रिया खर्च कसरी जुटाउने भनेर बसिरहेका छन ।
Comments
Post a Comment