मंसिर १२ नवलपरासीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नवलपरासीको पहाडी बुलिङटारको वडा नम्बर ८ बतासामा गएराती जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् । छरछरेका लागि छुटेको ग १ ज ३६३२ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा डाँडाँझेरी छरछरेका २८ वर्षकी समन्ती बाचे, ५२ वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचे र ६० वर्षका रेशबहादुर बाचेको मृत्यु भएको छ । बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट तल खसेर दुर्घटना भएको हो । एउटै गाउँका मान्छेहरु दुर्घटना परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।

Comments
Post a Comment