मलेसियाबाट शव नआई किरिया सकेर आमा अर्कैसँग, तीन वर्षे विकास सहायता खोज्दै काठमाडौंमा
काठमाडौं, पुस ६– वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय नयाँबानेश्वरमा प्रायः विदेशमा ज्यान गुमाएका र अंगभंग भएकाका आफन्त भेटिन्छन् । आफन्त गुमाउनु पर्दाको पीडा उनीहरुको अनुहारमा प्रष्टै पढ्न सकिन्छ ।
आर्थिक सहायता पाएका केही पीडित कहिल्यै निको नहुने चोटमा थोरै भएपनि मलम लगाएर फर्किन्छन् । तर केहीले भने, कागजात नमिल्दा वा अन्य प्रक्रिया नपुग्दा झनै दुःख पाउँछन् ।
तर जाजरकोटको टालेगाउँ २ का विकास नेपालीको अनुहारमा यस्तो कुनै पीडा देखिदैनथ्यो । मलेसियामा बाबु गुमाएका तीन वर्षे विकास आर्थिक सहायताका लागि ठूलोबाको साथ लागेर सोमबार प्रवद्र्धन बोर्ड पुगेका थिए ।
बोर्डको कार्यालयमा पनि विकास उसैगरि चकचक गरिरहेका थिए । उनलाई थाहा थिएन बाबुको मृत्यु र बाबुको नाममा पाइने आर्थिक सहायता । न त थाहा थियो आमाको ममता नै !
उनलाई काखी च्यापेरै ठूलाबा धर्मे नेपालीले भाइका कागजात प्रवद्र्धन बोर्डमा बुझाए । कार्यालयको दोश्रो तलामा रहेको ४ नम्बर कोठामा पुगे । उनलाई निवेदनमा हुलाक टिकट टाँस्नुपर्छ भन्ने थाहा थिएन । विकासलाई काखी च्यापेरै टिकट खोज्न गए र तोक लगाएर दर्ता शाखामा झरे ।
निराश, मलिन अनुहारका धर्मेले निवेदनमा तोक लागेपछि अव त काम होला भन्ने आश गरेका थिए । बोर्डकी कर्मचारीले फायल पल्टाएर कागजात चेकजाँच गरिरहँदा उनका नजर त्यतैतिर थिए । तर विकासलाई बडाबाले के गर्दैछन् भन्ने थाहा थिएन । उनको ध्यान त्यता भन्दापनि ठुलाबाबाट फुत्किएर चकचक गर्नेमै हुन्थ्यो ।
दोहोर्याई तेहेर्याई कागजात हेरेपछि बोर्डकी कर्मचारीले भनिन् ‘तपाईंको कागजात पुगेनन् । यतिले पैसा दिन मिल्दैन ।’
धर्मेले बुझाएको फायलमा वैदेशिक रोजगार विभागले दिने श्रम स्वीकृतिको पत्र र सक्कली राहदानी थिएन । विभागको पत्र त ल्याउँला भन्ने आँट थियो धर्मेलाई । किनभने विभागको कार्यालय बोर्डको कार्यालय भन्दा केही मिनेटको दूरीमा मात्रै छ ।
तर सक्कली राहदानी मलेसियामै हराएको थियो । भाइको शवसँग आउनु पर्ने राहदानी आएको थिएन ।
त्यसपछि छटपटिएका धर्मेले केहिबेरपछि फेरि माथिल्लो तलामा गएर सोधे । माथिल्लो तलाका कर्मचारीले भने, ‘सक्कली राहदानी छैन भने निवेदन दिनुस् मलेसिया स्थित नेपाली दूतावाससँग बुझौंला ।’
सोमबारै बोर्डको काम सकेर वीमा कम्पनीमा पनि पुग्ने सोच बनाएका धर्मेको दिन यतै बित्ने छाँट देखियो । एक जना स्थानीय नेता र भतिजो पनि साथमै थिए । विकासलाई भतिजोको साथमा बोर्डको कार्यालयमा छाडेर धर्मे पत्र लिन विभागको कार्यालय वुद्धनगर पुगे ।
विभागबाट श्रम स्वकृतिको पत्र लिएर फर्किंदा बोर्डको कार्यालय बन्द भैसकेको थियो । कार्यालय बन्द भैसक्दा झपक्क साँझ पर्न लागेको थियो भने काठमाडौंको चिसो बढ्दै गएको थियो ।
आजै काम नहुने भएपछि अव धर्मेलाई नाबालक सहितका आफन्तलाई बासको टुँगो लगाउने चिन्ता थियो ।
शव नआउँदै किरिया गरेर अर्कैसँग विवाह
बाबु भक्तबहादुर मलेसिया जाँदा विकास ६ महिनाका मात्रै थिए । २०७० सालको माघ १२ गते जन्मेका विकासलाई आमा डिल्सराको साथमा छाडेर बुबा असारमा मलेसिया हिँडेका थिए ।
उद्योग कामदारका रुपमा मलेसिया पुगेका भक्तबहादुरले काममा चित्त बुझाएनन् । चार महिनापछि कम्पनी परिवर्तन गरे । त्यसपछि अवैधानिक भएका भक्तबहादुरलाई त्यहाँ रहन बस्न समस्या त छँदै थियो केही भएमा समेत कानूनी अप्ठेरो पर्ने निश्चित थियो । उनले भागेर गल्ती गरिसकेका थिए ।
चार महिनापछि कम्पनी छाड्दासम्म भक्तबहादुरले एक सुकोपनि पैसा घरमा पठाएका थिएनन् । जाँदा डाइनमिक पोजिसन म्यानपावरलाई डेढ लाख रुपैयाँ तिरेका थिए ।
भागेर सम्पर्क बिहीन भएपछि मलेसियामा कार्यरत आफन्त र साथीभाइले सोधी खोजी गरे । तर पत्ता लाउन सकेनन् ।
कुनै अत्तोपत्तो नभएका भक्तबहादुरको एकै चोटी मृत्युको खबर आयो । जाजरकोटकै हरीबहादुर खड्काले भारतमा कार्यरत धर्मेलाई फोन गरेर मृत्युको खबर सुनाए ।
भाइको मृत्युको खबर लिएर धर्मे भारतबाट फर्किए । अनि, जिल्ला प्रशासन कार्यालय जाजरकोटमा शव झिकाउन सहयोग माग्दै निवेदन दिए । तर महिनौं बित्दा पनि प्रशासनले कुनै प्रतिक्रिया दिएन । बुझ्दा केहि प्रक्रिया गरिएको रहेनछ ।
२०७१ सालको माघ १० गते बितेका भक्तबहादुरको शव आउने छाँटकाँट नदेखेपछि २०७२ को साउनमा दाह संस्कार गरे । बाबु परदेशमा बितेपनि विकासलाई केहि थाहा थिएन । त्यतिबेला सम्म विकासकी आमा डिल्सरा साथमै थिइन् ।
तर श्रीमानको दाहसंस्कार सकेपछि डिल्सरा विकासलाई साथै लिएर माइती गइन् । माइत र घर ओहोर दोहोर गर्नेक्रममै डिल्सराको झाप्राका युवकसँग प्रेम सम्बन्ध झाँगिदै गयो ।
ती युवकसँगको सम्बन्धका कारण डिल्सरा गर्भवती भइन् । अनि दुधे बालक विकासलाई माइत जाजरकोटको दसेरामा छाडेर १८ वर्षे डिल्सराले तिनै युवकसँग पाँच महिना अघि विवाह गरिन् ।
केहि समयअघि बाबु गुमाएका विकासले त्यसपछि आमाको साथ पनि गुमाउनु पर्यो । पहिले रोईकराई गरेका विकास विस्तारै आमाको साथ पनि भुल्न बाध्य भए ।
आश मारिसकेको लास यसरी आयो
यता घरमा भक्तबहादुरको किरिया सकिएको थियो । परिवारले लास आउने आश मारिसकेका थिए । तर मलेसियामा शव वेवारिसे अवस्थामा थियो । त्यहाँको प्रहरीले नेपालीको शव भन्ने थाहा पाएपछि नेपाली दूतावासमा खबर गर्यो ।
दूतावासले परिवार पत्ता लगाउन नसकेपछि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का मलेसिया प्रतिनिधी रामचन्द्र नेपाललाई खबर ग¥यो । त्यसपछि पिएनसिसीले परिवार पत्ता लगाएर प्रवद्र्धन बोर्डमा निवेदन गर्न सहयोग गर्यो ।
दूतावासको अनुरोधमा प्रवद्र्धन बोर्डको आर्थिक सहयोगमा झण्डै दुई वर्षपछि मंसिर १८ गते भक्तबहादुरको शव नेपाल आयो । लास आउने आश मरेपछि डेढ वर्ष अघि किरिया गरेका उनीहरुले दोश्रो पटक फेरि दुई दिने काज किरिया गरे । त्यसपछि आर्थिक सहायताका लागि प्रवद्र्धन बोर्ड र बीमा कम्पनीमा धाइरहेका छन् तीन वर्षे विकास ।

Comments
Post a Comment