=कृपया पढिसके पछि सेयर अनिबार्य गरिदिनु होला? तपाईको १ सेयरले कतै समन्धित ब्यक्ति सम्म पुग्न मद्दत मिल्ने छकी=!
कृपया पढिसके पछि सेयर अनिबार्य गरिदिनु होला?
तपाईको १ सेयरले कतै समन्धित ब्यक्ति सम्म पुग्न मद्दत मिल्ने छकी=!
पैसा चाहिँदैन, तपाईं नेपाल फर्किए यहीँ दुःख गरेर ऋण तिरौँला
असार १९ रामेछाप । ‘कमाइ नभए फर्किनुहोस्, यतै दुःख गरेर ऋण तिरौंला’ ११ महिना अघि राममाया तामाङले श्रीमानलाई पटक पटक यही आग्रह गर्नुभयो । तर रामबहादुरले मान्नुभएन ।
उहाँले अहिले बल्ल कमाई हुन थालेको छ भन्दै केही समय बसेर मात्रै फर्किने जवाफ दिइरहनुहुन्थ्यो राममायालाई । तर रामबहादुरले कमाउनुभयो कि भएन श्रीमतीलाई केही थाहा छैन किनभने उहाँ गएको ११ महिनादेखि सम्पर्क बिहीन हुनुभएको छ ।
लखनपुर–६ टाँडी वेसीका रामबहादुर २०५९ भदौ २८ गते मलेसिया जानुभएको थियो । गाउँमा हुँदा परिवारको गर्जो टरिरहकै थियो । उहाँ गाउँमै काठ चिर्ने र गाईभैंसी पाल्नुहुन्थ्यो । अझै कमाउने इच्छा जागेपछि एक लाख ३० हजार रुपैया ऋण लिएर मलेसिया जानुभयो । मलेसिया गएको तीन वर्षसम्म रामबहादुरको कमाई राम्रो भएन ।
सोचे अनुसारको कमाई नभएपछि राममायाले फोन गरेर उहाँलाई घर फर्किन आग्रह गर्नुहुन्थ्यो । तर श्रीमानले उहाँको कुरा मान्नुभएन । रामबहादुर कमाई राम्रो हुने आशामा बसिरहनुभयो । तीन वर्षपछि रामबहादुरले काम गर्दै गरेको कम्पनी छोड्नुभयो । अर्कै कम्पनीमा काम गर्न थाल्नुभयो । त्यसपछि फोन गर्दा उहाँले कमाई केही बढ्यो । अब केही वर्ष बसेर फर्किन्छु भन्न थाल्नुभयो । तर राममायालाई विदेशको भर लागेको थिएन ।
२०७२ भदौमा फोन गरेर श्रीमतीलाई साहुको ऋण तिर्न सकिएन के गर्ने होला भनेर चिन्ता सुनाएका रामबहादुर त्यसपछि परिवारको सम्पर्कमा हुनुहुन्न । ‘साहुको ऋण तिर्न नसके पनि दसैँ खर्च भन्दै १३ हजार रुपैयाँ पठाइदिन्छु भन्नुभएको थियो तर पठाउनुभएन’ राममायाले भन्नुभयो ‘त्यसपछि अहिलेसम्म उहाँको फोनको घण्टी आएको छैन ।’
राममायालाई घर चलाउन त समस्या छ नै श्रीमान विदेश जाँदा ऋण लिएका साहुले पनि थर्काउन थालेका छन । भन्नुहुन्छ ‘के गरेर ऋण तिर्छु भनौं कुनै जवाफ छैन ।’साहुको मात्रै होइन छोराछोरीको प्रश्नले पनि उत्तिकै सताउँछ राममायालाई । रामबहादुर मलेसिया जाँदा छोरी रोशनी पाँच वर्षकी र छोरा रोशन काखैमा थिए । अहिले छोरी कक्षा तीन मा र छोरा कक्षा एक मा पढ्ने भैसके । त्यसैले अहिले उनीहरु बुवा खोजिरहन्छन् । ‘बाबालाई फोन लगाइदिनु भन्दै झगडा गर्छन मैले के भनेर सम्झाउनु’ राममायाका आँखा रसाए ।
श्रीमान खोज्न धेरै प्रयास गर्नुभयो राममायाले, तर अहिलेसम्म सफल भएको छ । मलेसियामै रहेका भाइलाई पनि भिनाजु खोल्ज लगाउनुभयो । तर केही पत्तो लागेन । त्यसैले ठूलो आशा सहित राममाया मन्थलीमा रहेको चारघरे सेवा समितिद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रमा आइपुग्नुभयो ।
श्रीमानलाई खोजिदिन आग्रह गर्दै आएकी राममायासँग विदेश गएका श्रीमानको फोटो बाहेक अरु कुनै कागजात थिएन । पैसा नभएर वा अरु कुनै कारणले पो श्रीमान फर्किन नसकेका हुन की भन्ने पनि लाग्छ राममायालाई । ‘पैसा नभएर हो भने बरु म यतैबाट पठाइदिन्छु’ उहाँ भन्नुहुन्छ ।
सूचना केन्द्रका कर्मचारीले यदि यो सन्देश तपाईंको श्रीमानले हेर्नु भयो भने के भन्न चाहनु हुन्छ भन्दा राममाया निकैबेर त बोल्न सक्नुभएन । केहीबेरपछि भन्नुभयो ‘तपाईं कहाँ हुनुहुन्छ छोरा छोरी र बा आमाले सोधिरहन्छन । केही समस्या भएर हो कि जानी जानी सम्पर्कमा नआउनु भएको हो ? जस्तोसुकै अवस्थामा भएपनि एकपटक सम्पर्क गर्नु न ।’राममायाले श्रीमानसँगै उहाँलाई अरु कसैले देखेमा ९८४३७८१९१२ र सूचना केन्द्रको ०४८५४०३९८ मा सम्पर्क गरिदिन आग्रह गर्नुभएको छ ।
स्रोत: उज्यालो अनलाइन

Comments
Post a Comment