भोलीबाट लाइसेन्सका लागि अनलाइन फारम ( यस्तो छ फारम भर्ने तरिका ) लाइसेन्सको लागि फारम भर्न चाहानु हुने माहानाभाबहारको लागि अति जरुरी सूचना || (यो सूचना सबैलाई सेयर गरि सबै माझ पुर्याऔं)

भोलीबाट लाइसेन्सका लागि अनलाइन फारम (यस्तो छ फारम भर्ने तरिका)


पुस १०, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि सर्वसाधारणले निकै सास्ती बेहोर्दै आएको अवस्थामा भने भोलीदेखि त्यस्तो सांस्तीको सामाना गर्नु नपर्ने भएको छ ।  यातायात व्यवस्था विभाग बिभागले अनलाइन फारम भर्ने सुविधा भोलिबाट सुरु गर्ने जनाएको छ । तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि मात्र हुनेछ ।
यातायात व्यवस्था विभागले निकालेको सूचना अनुसार दुईपांग्रे (मोटरसाइकल र स्कुटर)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ । साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।
साथै अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्तकुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

यस्तो छ अनलाइन फर्म भर्ने तरिका 

Comments