नेपाली हरु बस्ने जापानको टोकियोमा भीषण आगोलागी , १४० घर खरानी भए । पुरा समाचार पढि १ शेहर गरी जानकारी गराउन अनुरोध।

टोक्यो, ७ पुस । कडा हावा,हुरीका कारण फैलिएको आगोका बिशाल लप्काले जापानको सामुन्द्रिक तटवर्ती एक सानो नगरमा कम्तीमा १४० भवनहरु जलाएको छ । जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान सल्केको आगो कडा आँधी बेहरीको चपेटामा परेपछि उग्ररुप लिएर बिशाल लप्कामा परिणत भै मध्य दिउँसोसम्म इतोइगावाका कम्तीमा १४० वटा आवासीय र अन्य ठूला भवन जल्न पुगेका छन् । यस समाचार लेखुन्जेलसम्म आगलागी नियन्त्रणमा आएको छैन र अरु फैलिँदै थप भवनहरुमा क्षति पु¥याइ रहेको छ ।
स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भए ता पनि दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन । आगलागी अन्यत्र पनि फैलिने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय अधिकारीहरुले वरपरका दुईसय त्रिहत्तर भवन तत्कालै खाली गरी मानिसहरु बाहिर निस्कन सूचना जारी गरेका छन् । इतोइगावा उपनगर राजधानी टोक्योबाट दुईसय साठ्ठी किलोमिटर उत्तर–पश्चिममा पर्छ ।एपी

Comments