धरान, १० पौष । शनिवार विहान हत्या गरिएका सुनसरी धरानका विकास राजंबसीका चारजना हत्यारालाई इलाका प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ । लागु औषद्यको सेवन गरेर आफ्नै साथीहरुले विकासको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न धरान ८ का दिप तामाङ, रोमन गुरुङ, धरान ९ का आयुप चौधरी, र भारत पश्चिम बंगाल राज्य ििस्थत दार्जिलिङका सौरभ राईलाई पक्राउ गरिएको इलाका प्हरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभएको छ ।
हत्याराहरुको साथबाट प्रहरीले एक थान खुकुरी, डेनराईट, नाइट्रोसन नामक लागु औषध बरामत गरेको छ । धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी आफ्नै साथी धरान ५ मा बस्दै आएका विकु भनिने १७ बर्षका विकास राजवंशीलाई हत्या गरेको प्रहरीकोभनाई छ । अभियुक्तहरूलार्इ प्रहरीले शनिवार नै पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी कार्वाहि प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment