खोटाङको हलेसी दर्शन गरेर फर्केको जिप दुर्घटना हुदा सात जनाको मृत्यु

Image may contain: one or more people
खोटाङको हलेसी दर्शन गरेर फर्केको जिप दुर्घटना हुदा सात जनाको मृत्यु
दिया च्यानल, ३ पुस, सिन्धुली।
सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोशी नदीमा स्कार्पियो जीप खस्दा सातजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा,
५० वर्षीया निवुती शेर्पा र सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङका जीप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा घुर्मीमा मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ४० वर्षीय
एक पुरुषको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएका जिल्ला
सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय दाल्मु शेर्पालाई घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए ।
रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो गाडी
अचानक सडकबाट २०० फिट तल सुनकोशी नदीमा खसेको थियो । सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जीप लिएर
खोटाङको हलेसीमा दर्शन गर्न हिडेका थिए । जीप कोशीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको छ ।
- See more

Comments