सके सहयोग गर्नुहोस नसके सक्दो शियर गर्नुहोस ता की कसैले यो बालकको उपचार गर्न थोरै धेरै जति भए पनि सहयोग गर्न सकुन | तपाई के १ शियर ले यहाँ बच्चाको ज्यान बच्च सक्छ र यी आमाको आशु रोक्न मद्दत गर्ने छ | भिडियो सहित बिरामी छोरो बचाइदिन सबैलाई अनुरोध गर्दै आमाले मन थाम्न सकिनन् र आशु झार्दै यस्तो बिलौना पोखिन भिडियो सहित - See more at:

लाइट नेपाल डटकम काठमाडौं – नाम सुशान्त तमाङ , उमेर १० बर्ष, रोग मुटु र शरीर सुन्निने समस्या । तर, यही रोग भनेर पत्ता नलागेको अवस्था । गरीब हुनु र हैसियत भन्दा बढी खर्च हुने रोग लाग्नु बिपन्न वर्गका लागी अभिसाप नै हो । घरको आर्थिक अवस्था दयनीय भएको बेला यी बालक लाई गत हप्ता देखी ग्राण्डी अस्पातालमा उपचार गराउँदैछिन उनकी आमा। कलिलो बालक खुशी र उमङ्गले आँगनमा रमाउँदै खेल्नुपर्ने सुशान्तको घर अहिले सुनसान छ । महिनौँ देखी बिरामी छोरा बोकेर ईलामका बिभिन्न अस्पातल हुँदै काठमाडौं आईपुगेकी हुन छन् अहिले सुशान्तकी आमा यामकुमारी तामाङ । ग्राण्डी जस्तो महङो अस्पातालमा ल्याई पुर्याउदा समेत रोग पत्ता नलागेको र दैनिक महँगो रगत जाँच गराई रहनुपर्ने तथा सकेसम्म आईसीयुमा नै राख्नु पर्ने कुरा डाक्टरले भनेतापनि रकम अभावका कारण नजिकैको होटलमा राख्न वाध्य छिन यामकुमारी अहिले। एउटी आमालाई आफ्नो छोरा निको भएर रमाउँदै मुस्कुराएको, आमा भनेर बोलाएको सुन्ने कति उत्कट चाहना होला ? हो, त्यही आशामा उनले जसरी पनि छोरालाई उपचार गरेर निको बनाउने आशामा यताउता डुलिरहेकी छन् । तर, उनको समस्या उपचार गर्न आवश्यक धन नहुनु नै हो । उनको आर्थिक हैसियत कमजोर छ, भएको सम्पत्ति पनि बेचीसकिन । नपुगेर ऋण पनि लिएर अहिलेसम्म उपचार गराइरहेकी छन् । अब भने ऋण पनि लिन नसक्ने अवस्था आएको छ । जसका कारण छोरालाई बचाउने सपना तुहिने हो कि भन्दै उनले हाम्रा सामु यसरी बिलौना गरिन । 
नेपाली समाज त्यति निर्दयी पनि छैन । जसले एउटा बालकलाई पैसाको अभावमा यत्तिकै मर्न दिओस । हाम्रो आशा छ सुशान्तका लागि पनि सहयोगी हातहरु एक होउन । एउटा आमाको काख नरित्तियोस र एउटा बालक यो संसार हेर्न र भोग्नबाट बञ्चित नहोस । त्यसैले हामी कामना गर्छौ यीबालकको उपचारको लागि आवश्यक आर्थिक स्रोत चाँडै जुटोस र उनको उपचार सफल होस । सुशान्त आफ्नै घर इलाम चाँडौ फर्किउन र घरको आँगनमा रमाउँदै खेलुन । उनकी आमा आफ्नो स्वस्थ्य छोरा आँगनमा उफ्रिदै खेलेको देखेर खुशीले आशुँ झार्न सकुन । 

Comments

Post a Comment