चार वर्षिय छोरालाई कम्मरमा बाधेरे नदीमा हाम फाले पछि रौतहटमा आमा र छोरा गरी दुई जनाको मृत्यु भएको छ । रौतहटको राजपुर फरहदवा ७ की २५ वर्षिया अमीरा खातुनले आफ्ना ३ वर्षिय छोरालाई सलले कम्मरमा बाधेर राजपुरमै रहेको कुडीया पुलबाट हाम फालि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दिउसो घरमा ससुरा सँग झगडा परे पछि बाहिर निस्कीएकी खातुनले भकुवा खोलामा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
श्रीमान वैदेशिक रोजगारीका लागी बाहिर रहेको बेला घरायशी झगडाका कारण रिस थाम्न नसक्दा आमा र छोराको ज्यान गएको प्रहरीले जनाएको छ । बच्चा सहित महिलाले नदीमा हाम फालेको खबर पाउना साथ खोजिका लागी निस्कीएका स्थानिय र प्रहरीले एक घण्टा पछि मात्र खातुनको शव भेट्टाएका थिए । कम्मरमा तिन वर्षिय बालक बाधिएकै अवश्थामा शव फेला परेको प्रहरी उपरिक्षक सानु बाबु थपलीयाले बताए ।
शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा ल्याइएको र घटनका बारेमा आवश्यक छानबिन भइ रहेको उपरिक्षक थपलियाले बताए ।
Comments
Post a Comment